२०८३, कार्तिक ११ गते

मंगलवार, कार्तिक ११ गते २०८३

ज्योति विकास बैंकको साधारण सभा आज हुँदैै, यस्ता छन् प्रस्ताव

ज्योति विकास बैंकको साधारण सभा आज हुँदैै, यस्ता छन् प्रस्ताव

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभा आज फागुन २८ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि शुरू हुँदैछ।

सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गर्नेछ। 

साथै, बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको गत आवको वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि तोक्नेछ।

बैंकको गत पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरिसकेकोले यस सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन।

साधारणसभा प्रयोजनार्थ बैंकले फागुन १४ गते एक दिनका लागि बूक क्लोज (शेयर दाखिल खारेज) गरिसकेको छ। 

बूक क्लोजको आधारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा फागुन १३ गतेसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार