२०८३, कार्तिक ११ गते

मंगलवार, कार्तिक ११ गते २०८३

नेपालमा २०० र ५०० दरका भारतीय नोट बोक्न खुला

नेपालमा २०० र ५०० दरका भारतीय नोट बोक्न खुला

काठमाडौं । नेपालमा २०० र ५०० दरमा भारतीय नोट बोक्न खुला गरेको छ । यसअघि १०० रुपैयाँ दरका नोट मात्रै बोक्न पाउने व्यवस्था रहेकोमा अब २०० र ५०० दरका नोट समेत बोक्न पाउने व्यवस्था गरिएको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै २५ हजार रुपैयाँ नबढ्ने गरी सो दरको नोट बोक्न पाइने व्यवस्था गरेको हो । यसअघि गत वर्ष भदौमा जारिी गरिएको परिपत्रमा २५ हजारसम्म भारु बोक्न पाउने व्यवस्था रहे पनि १०० रुपैयाँ वा सोभन्दा कम दरका नोट मात्रै बोक्न पाउने व्यवस्था थियो ।

यसले गर्दा भारतबाट नेपाल आउने पर्यटक वा भारतमा रोजगारी गरेर फर्कनेहरूलाई सास्ती हुँदै आएको थियो । ५०० दरका नोट ल्याउन पाउने भएपछि यो सास्ती हट्नेछ । २ हजार दरको नोटको प्रतिबन्ध भने अहिले पनि कायमै छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार