२०८३, कार्तिक ११ गते

मंगलवार, कार्तिक ११ गते २०८३

जमुना बैंक पीएलसी रअल अहालिया मनी एक्सचेन्ज ब्युरोबीच साझेदारी हस्ताक्षर

जमुना बैंक पीएलसी रअल अहालिया मनी एक्सचेन्ज ब्युरोबीच साझेदारी हस्ताक्षर

अल अहालिया मनी एक्सचेन्ज ब्युरोले बंगलादेशको जमुना बैंक पीएलसीसँग प्रत्यक्ष टाइ-अप गर्दै सीमापार रेमिट्यान्स सेवालाई थप सुदृढ र विस्तार गर्ने रणनीतिक साझेदारी गरेको छ। 

संयुक्त अरब इमिरेट्स (यूएई) बाट बंगलादेशतर्फ रेमिट्यान्स पठाउने प्रक्रिया अझ छिटो, सुरक्षित र ग्राहकमैत्री बनाउने लक्ष्यसहित दुई कम्पनीले औपचारिक रूपमा समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

जमुना बैंक पीएलसीका तर्फबाट अध्यक्ष तथा बेलाल होसैन र कार्यकारी उपाध्यक्ष तथा डिभिजनल प्रमुख अब्दुस सोभानको र अल अहालिया मनी एक्सचेन्ज ब्युरोका तर्फबाट उपमहाप्रबन्धक सलमान खालिद, वरिष्ठ मार्केटिङ म्यानेजर सन्तोष नायर, बैंकिङ्ग अपरेसन म्यानेजर मोहम्मद मार्गुब र कोरिडोर म्यानेजर अबुल बाशार उपस्थिति रहेको थियो।

यस साझेदारीपछि अल अहालिया मनी एक्सचेन्ज ब्युरोका ग्राहकहरूले बंगलादेशमा अझ प्रभावकारी र उच्च सुरक्षासहित रकम पठाउन व्यवस्था गरिएको छ। सेवामार्फत प्रतिस्पर्धी विनिमय दरको सुविधा प्रदान गरिनुका साथै जमुना बैंकका खातामा प्रत्यक्ष रकम जम्मा गर्न र बैंकको व्यापक नेटवर्कमार्फत बंगलादेशभर रकम पठाउन अझ छिटो, सुरक्षित हुने छ।

दुवै पक्षका अधिकारीहरूले यो सहकार्य अन्तर्राष्ट्रिय रेमिट्यान्स च्यानललाई थप सुदृढ बनाउने तथा वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनीहरूको परिवारलाई भरपर्दो वित्तीय सेवा प्रदान गर्ने साझा प्रतिबद्धताको प्रतिफल भएको बताएका छन्। यसले छिटो, सहज र सुरक्षित रूपमा रकम प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने तथा देशहरूबीचको वित्तीय सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्य लिएको छ।

यस सहकार्यहरू मार्फत संस्थाले अन्तर्राष्ट्रिय रेमिट्यान्स क्षेत्रमा आफ्नो उपस्थितिलाई थप सुदृढ गर्दै विश्वस्तरीय सेवा विस्तार गर्ने विश्वास गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार